मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ज्योति विकास बैंकको एकै दिन ५ नयाँ शाखा विस्तार

बुधबार, ०८ फागुन २०७५, १९ : ०१
बुधबार, ०८ फागुन २०७५

काठकाडौं–ज्योति विकास बैंकले एकै दिन पाँच नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको बोडे, काभे्रको बनेपा, काठमाडौंको साँखु, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन ५ नयाँ शाखाको औपचौरिक उद्घाटन गरेको हो ।

मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीद्वारा उद्घाटन भयो ।

त्यसैगरी काभ्रेको बनेपा बजारमा मा रहेको शाखाको  बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा  उद्घाटन भयो । 

त्यसैगरि काठमाडांै शंखरापुर नगरपालिका वडा नं ६ साँखु बजारमा रहेको शाखाको शंखरापुर नगरपालिकाका मेयरसुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले र कीर्तिपुर नगरपालिका वडा न्ां ९ नयाँबजार शाखाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका छन् ।

चन्द्रागिरी नगरपालिका वडा नं १२ बलम्बुमा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अबसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतूर्ण कर्जामा बैंकले ध्यान दिँदै डिजिटल भुक्तानी तिर अग्रसर हुँदै बित्तिय साक्षरतामा समन्वय गर्न आग्रह गरे ।

उनले बैंकमा कारोबार सुरक्षित छ र नियमनका सम्पूर्ण प्राबधानहरु पुरा गरेकाले ढुक्क भइ कारोबार गर्न सुझाब दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप