मालिका बचत तथा ऋण सहकारीको सेवा अव सुन्धाराबाट
काठमाडौं– मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा केन्द्र थप गरको छ ।
बिस्तारित सेवा कार्यालय काठमाडौं सुन्धारास्थित जेडीए कम्प्लेक्समा एक समारोहकाबीच उद्घाटन भएको छ ।संस्थाका अध्यक्ष जनक बहादुर धामी र काठमाडौं महानगरपालिका सहकारी संस्था विभागका निर्देशक नवराज ढकालले संयुक्त रुपमा उक्त सहकारीको उद्घाटन गरेका छन् ।
ढकालले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा साकार पार्न सहकारीहरुले आफ्नो सेवा विस्तार गरी रोजगारीको सृजना गर्नु पर्ने बताए । उनले सहकारीहरुलाई कार्यदक्षताको आधारमा एसियाली विकास फण्डबाट पुरस्कृत हुने व्यवस्था अनुरुप मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट भए गरेका क्रियाकलापहरु हेर्दा उक्त संस्थाबाट पुरस्कृत हुन सक्ने गरी अझै बढि प्रभाबकारी कार्यक्रमहरु अगाडी बढाउने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष धामीले १२ वर्ष अगाडी सुरु गरेको संस्था आज ९ करोड बढी लगानी गर्न सफल भएको जानकारी गराउँदै अब यस सुन्धारा शाखाले न्युरोड, त्रिपुरेश्वर, टेकु, ठमेल लगाएत आसपासका क्षेत्रका व्यापारी, उद्योगीहरुमा सेवा पुर्याउने अवसरको पूर्ण सदुपयोग गर्ने बचन दिए ।