मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कामना सेवा विकास बैंक र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बुधबार, ०८ फागुन २०७५, १८ : ४१
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राज कुमार अर्यालले हस्ताक्षर गरेबा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप