बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई हराउँदै थ्रीस्टार फाइनलमा प्रवेश

बुधबार, ०८ फागुन २०७५, १८ : ३५
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– ललितपुरको रुस्लान थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले भारतको युनाइटेड ब्रदर्शलाई ३–२ गोलले हराउँदै फाइनलमा पुगेको हो । युनाइटेडमाथि दवदवापूर्ण प्रदर्शन गरेको थ्रीस्टारले १७ औं मिनेटमा दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । रन्जन विष्टले २० औं मिनेटमा गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाए ।

युनाइटेडले ३२ औं मिनेटमा पहिलो गोल फर्काएको थियो । ८२ औं मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए ।

त्यसपछि दोस्रो हाफाको इन्ज्युरी समयमा युनाइटेडले दोस्रो गोल फर्काएपनि हार टार्न सकेन । फाइनलमा थ्रीस्टारले भुटानको पारो क्लबसँग खेल्नेछ । पारोले नेपालको त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप