सहिद स्मारक ‘बी’ डिभिजन लिग : खुमलटारको पहिलो जित
काठमाडौं– खुमलटार युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोवाटो मैदानमा बुधबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ३–१ गोलले हरायो ।
खेलमा सुरुवाती अग्रता पुल्चोकले लिएको थियो । पुल्चोकका टिकाराज गुरुङले पाँचौं मिनेटमा गोल गरेका थिए । त्यसपछि खुमलटारका निरन श्रेष्ठले २८ औं मिनेटमा बराबरी गोल गरे । ५४ औं मिनेटमा आशिक परियार र दोस्रो हाफको इन्जुरी समयमा सविन केसीले गोल गर्दै खुमलटारको जित सहज बनाए ।
बुधबारनै भएको अर्को खेलमा सातदोवाटो युथ क्लब र आरसीटीले गोलरहित बराबरी खेले । राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘बी’ डिभिजनका १२ क्लबले भाग लिएका छन् ।
लिगको विजेता टोलीले ८ लाख, उपविजेताले ५ लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार