मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ओपोद्वारा ए७ र ए३एसको मूल्य समायोजन

बुधबार, ०८ फागुन २०७५, १८ : ०८
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–स्मार्टफोन ब्रान्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ ।

ओपोले ए७ र ए३एस (२ र ३ जीबी भ्यारियन्ट)लाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको हो । ए सिरिज अन्तर्गतका फोनको लागि उपभोक्ताद्वारा प्राप्त माया र सहयोग प्रति कृतज्ञता स्वरुप कम्पनीले यी फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताइएको छ ।

मूल्य समायोजन पश्चात अब ओपो ए७ नेपाली बजारमा ३२ हजार ९ सय ९०मा उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो ए३एस (३जीबी) २४ हजार ५ सय ९० र ए३एस (२जीबी)१८ हजार ४ सय ९०मा उपलब्ध छ । अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो ।

यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो । त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो ।

ए–सिरिज अन्तर्गत सार्वजनिक यी दुबै फोन नेपालमा सर्वाधिक बिक्री हुन सफल फोन मध्यका हुन् । मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्ता माझ निकै लोकप्रियता पायो ।

शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन युवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्ता माझ विशेष लोकप्रिय रहेका छन् । 

‘उपभोक्ताका आवश्यता र चाहना ओपोको प्राथमिकताको विषयका हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपालमा हाम्रा उत्पादनका लागि उपभोक्ताको निरन्तर माया र सहयोगका लागि हामी सदैव कृतज्ञ छौं ।

यही माया र सद्भावका लागि कृतज्ञता स्वरुप हामीले हाम्रा केही वेष्ट सेलिङ फोनमा विशेष छुट सहित नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएका हौँ । यस नयाँ योजनाले हामीलाई हाम्रा उपभोक्तासँग थप नजिक ल्याउनेमा हामी विश्वस्त छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप