बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमकथामा बन्यो ‘जानी नजानी’

बुधबार, ०८ फागुन २०७५, १४ : ५५
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–अभिनेत्री रोशनी केसीले निर्माण गरेको फिल्म ‘जानी नजानी’ १ चैत्रबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी पनि ब्यस्त हुन थालेकी छन् ।फिल्म प्रदर्शनको तारताम्य मिलाउनदेखि प्रचार–प्रसारको दौडधुपले आफ्नो ब्यस्तता बढेको केसीले बताइन् । केसीको निर्माण रहेको यो दोस्रो फिल्म हो । यस अगाडि उनले ‘डा. खाते’ बनाएकी थिइन् । 

‘डा.खाते’ एक व्यक्तिको संघर्षमा निर्माण गरेकी उनले ‘जानी नजानी’मा भने युवापुस्ताको प्रेमकथा रोजेकी  छन् । फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दिने केसीले बताइन् ।  फिल्ममा मनिष श्रेष्ठ,नम्रता श्रेष्ठ,सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको समेत अभिनय रहेको छ । फिल्मले हालै केही पोष्टर समेत सार्वजनिक गरेको छ । 

फिल्म वसन्त अधिकारीले निर्देशन गरेका हुन् । मुख्य सहायक निर्देशकको रुपमा थुप्रै फिल्ममा काम गरेका अधिकारीको यो डेब्यु फिल्म हो । आधुनिक प्रेमकथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतले समेत अभिनय गरेका छन् ।

फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । रोशनी केसीको प्रस्तुति रहेको फिल्ममा मोदनाथ खनाल र सागरकाजी माली निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप