शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेखा समिति बैठक : महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल सुरु

बुधबार, ०८ फागुन २०७५, १४ : ४९
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– लेखा समितिको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनमा छलफल सुरु भएको छ । समितिले आज (बुधबार) सरकारी संस्थानहरुको बेरुजुको अवस्थाका बारेमा छलफल गरेको छ । महालेखा परीक्षकको ५५ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ५ खर्ब ८ करोड रहेको बताएको छ भने सरकारी संस्थान हरुको मात्र ५ खर्ब १९ अर्ब बेरुजु छ ।

नेपालका सरकारी संस्थानको बेरुजु हरेक वर्ष बढदै गएको प्रतिवेदनले देखाएको छ । सार्वजनिक निकाय तथा यस अन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फछ्र्यौट चुनौती बन्दै गएको हो । सरकारी संस्थानका लेखा उत्तरदायी व्यक्ति तथा प्रमुख व्यक्तिले बेरुजु  फछ्र्यौमा ध्यान नदिँदा पनि अवस्था विकराल बन्दै गएको छ । बुधबार समितिको बैठकमा सरकारी संस्थानका प्रमुखहरुको प्रस्तुतिले पनि यसको झल्को दिन्छ ।

सरकारी संस्थानहरुको कार्यसम्पादन कमजोर रहेको भन्दै खर्चमा मितव्ययी बन्दै बेरुजु घटाउन प्रधानमन्त्री कार्यालयले समेत निर्देशन दिइरहेको छ ।  महालेखा परीक्षकको कार्यालयले अनुत्पादशील क्षेत्रमा कर्जा लगानी भएको, बजेट तर्जुमा यथार्थपरक गर्न नसकेको, स्रोत सुनिश्चितता अन्तर्गत पटके बजेट निकासा गरेको, सीमा नाघेर रकामान्तर गरेको वर्षान्तमा खर्च गरेको भन्दै प्रतिवेदनमार्फत सार्वजनिक संस्थानहरुलाई सचेत पनि गराएको छ ।

समितिको छलफलमा सहभागी भएका महालेखा लेखापरीक्षक टंकमणि शर्मा दंगालले सार्वजनिक संस्थानहरुले आफ्नो लेखा व्यवस्था दुरुस्त नराख्ने र महालेखा लेखा परीक्षकको कार्यालयले दिएको निर्देशन समेत पालना नगरेको बताए । 

सरकारी संस्थानको कार्यसम्पादन व्यवस्था कमजोर त्यसको भार अर्थ मन्त्रालयमा परेको छ । महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदन अनुसार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयमा बेरुजु देखिएको छैन । सरकारी  कार्यालयतर्फ सबैभन्दा बढि बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ । यस मन्त्रालयको मात्र बेरुजु कुल बेरुजुको २२ दशमलव ४३ प्रतिशत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप