शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियार घेर्न गएका विवेकशील साझाका ३० जना नेता कार्यकर्ता पक्राउ

बुधबार, ०८ फागुन २०७५, १३ : ४५
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका ३० जना नेताकार्यकर्ता पक्राउ परेका छन् । 

“अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिक रूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये  ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको साझा विवेशकील पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
सो प्रतिकात्मक माछामा “वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड” आदि लेखिएको थियो।

पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल,  काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ पनि छन्।

उनीहरूलाई तुरून्तै रिहा गर्न विवेकशील साझा पार्टी माग गरेको छ । 

‘शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनि आम रूपमा गरिन थालेको टिप्पणीलाई पुष्टी गरेको छ। साथै, विवेकशील साझाले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

विवेकशील साझा पार्टीले भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र भएको जनाएको छ । 
आगामी फागुन १४ गते पार्टीले अख्तियारको अगाडि पुन शान्तपुर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि भ्रष्टाचार विरोधी प्रदर्शन गर्ने जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप