बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासन समितिले अख्तियार प्रमुखलाई बोलायो

बुधबार, ०८ फागुन २०७५, १३ : २६
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–संघीय संसद अन्तर्गतको दीगो विकाश तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोगसँग छलफल गर्ने भएको छ । 

समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरु बारे जानकारी लिन  अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने निर्णय गरेको हो ।
 राष्ट्रिय सभाको यो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालनको अवस्था, व्यवस्थापनका विषयमा अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने अधिकार राख्दछ । 
आज बसेको बैठकमा देशमा बढिरहेको भ्रष्टाचार कम गरि सुशासन कायम गर्न अख्तियारले गरिरहेका काम बारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको समितिका सभापति तारादेवी भट्टले जानकारी दिइन् । 
समितिको आजको बैठकले  दीगो बिकाश तथा सुशासन समितको कार्य योजना पनि पास गरेको छ । सांसद रमेश जंग रायमाझीको संयोजकत्वमा ७ सदस्य उप समिति गठन गरेको थियो । उपसमितिले देशको दीगो विकाश तथा सुशासन सम्बन्धमा सरकारको योजना,सरोकारवाला निकायको भूमिका,नीति तथा कार्यक्रमहरुको अध्ययन गरि आवश्यक परामर्श निर्देशन दिन सक्ने गरि कार्य योजना बनएको छ । 

समितिले पहिलो पटक ट्रान्सपरेन्सि इन्टर्नेशनलको प्रतिवेदनलाई समितिमा छलफल गर्ने योजना पनि बनाएको छ । समितिले राष्ट्रिय गौरवको आयोजनाको बिषयमा छलफल गर्ने देखि राष्ट्रिय योजना आयोग समेतलाई समितिमा बोलाएर छलफल गर्ने कार्यक्रम उपसमितिको कार्ययोजनामा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप