शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युनिभर्स पावर कम्पनीमा माग भन्दा बढी आवेदन,  आइपीओ भर्ने आज अन्तिम दिन

बुधबार, ०८ फागुन २०७५, १२ : ४७
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– युनिभर्सल पावर  कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो । 

युनिभर्सलमा माग भन्दा बढी आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ९० करोड १० लाख ४८ हजार रुपैयाँको आवेदन बुधबार बिहानसम्म परेको छ । युनिभर्सलले  ८६ लाख ७४ हजार ४९२ कित्ता आइपिओ बिक्रि खुला गरेको हो । बुधबार बैंकिङ समयसम्म खुला रहने आइपिओमा अझै आवेदन पर्नसक्नेछ । 

आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्ता समेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ बिक्रिमा ल्याएको हो । यस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानीकोषलाई छुट्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप