बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काश्मिर हमलापछि सलमानलाई लाजपचेको भन्दै प्रशंसकको यस्तो चेतावनी

बुधबार, ०८ फागुन २०७५, ११ : ११
बुधबार, ०८ फागुन २०७५

बलिउड नायक सलमान खानको पछिल्ला केही फिल्मको संगीतमा पाकिस्तानीको संलग्नता हुँदै आएको छ । चाहे त्यो फिल्म ‘टाइगर जिन्दा हे’ मा आतिफ असलमले गाएको गीत ‘दिल दिया गल्लां’ होस् वा फिल्म सुल्तानमा राहत फतेह अली खानले गाएको गीत ‘जग घुमया’ होस् (जग घुमयालाई अरिजित सिंहको आवाजले रिप्लेस गरियो) । यद्यपी, काश्मिरको पुलवामा हमलापछि अब सलमानका प्रशंसकले सलमानलाई पाकिस्तानी गायकको गीत फिल्मबाट हटाउन माग गरेका छन् ।

पहिले सलमानका प्रशंसकलाई उनको फिल्ममा पाकिस्तानी कलाकारको उपस्थितीबाट त्यति समस्या थिएन तर पुलवामा हमलापछि यस्तो लाग्छ कि नायकका प्रशंसक यो मामलामा अब सम्झौता गर्न तयार छैनन् ।

सलमानका प्रशंसकले पाकिस्तानी गायकले गाएका गीत फिल्मबाट हटाउनका लागि जोडदार तरिकाले माग गरिरहेका छन् । सोसल मिडियामा थुप्रै ट्वीटमार्फत प्रशंसकले सलमानलाई यदि ‘भारत’ मा पाकिस्तानी कलाकारलाई कुनै पनि रुपमा संलग्न गराए, आफूहरुले उक्त फिल्म नहेर्ने चेतावनी दिएका छन् ।

उता, सलमानले हमलामा मारिएका सैनिकको परिवारलाई मद्दत गर्ने घोषणा गरेका छन् । सलमानले पीडित परिवारलाई २२ लाख भारुको मद्दत गर्ने बताइएको छ ।

रिपोर्टलाई विश्वास गर्ने हो भने भारत फिल्ममा पाकिस्तानी गायकले जुन गीत रेकर्ड गराएका थिए जब उनीहरुलाई हटाइएको छ । अब ती गीत भारतीय आवाजमा रेकर्ड गराइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप