हृदयघातका कारण गायक प्रतीक चौधरीको निधन
बुधबार, ०८ फागुन २०७५, ०९ : ३२
मुम्बई – बंगाली गायक प्रतिक चौधरीको निधन भएको छ । ५५ वर्षीय चौधरीको हृदयघातका कारण निधन भएको हो ।
परिवारिक स्रोतका अनुसार उनको निधन मंगलबार साँझ एपोलो अस्पतालमा भएको हो ।
उनका पत्नी र एक छोरा छन् । उनी बंगाली संगीत क्षेत्रका लोकप्रिय गायक हुन् । साथै उनले थुप्रै चर्चित फिल्ममा पनि आफ्नो स्वर दिएका छन् ।
उनको निधनप्रति दुख व्यक्त गर्दै गायिका परोमा बनर्जी लेख्छिन्, ‘यो घटनाप्रति विश्वास नै लागेको छैन । उनको र मेरो तीन दिन पहिले एक संगित समारोहमा भेट भएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ