एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो
काठमाडौं - सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ ।
सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ । फलफूल उत्पादन बढाउन नसक्दा आयात बढेको हो । मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार टन आयात भएको थियो ।
राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालमा फलफूल खानेको संख्या बढेकोले आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । यो समाचार दिलीप पौडेलले नागरिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति