बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

बुधबार, ०८ फागुन २०७५, ०६ : ३५
बुधबार, ०८ फागुन २०७५

काठमाडौँ – म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मी काफ्लेले लेखेका छन् । 

पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो । 

काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा वसमा हालेर काठमाडौँ पठाइएको छ । 

उनीहरुको सुरक्षा तथा निगरानीका लागि ती बसहरुमा माइती नेपालका कर्मचारी र प्रहरी पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप