७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु
काठमाडौं - अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ ।
आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए ।
पाठकको राजीनामा स्वीकृत भएको चार दिनपछि आयोगले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको जानकारी प्रवक्ता रामेश्वर दंगालले दिए । ‘पाठकमाथि लागेको आरोपमा अनुसन्धान समिति बनाएर छानबिन थालिएको छ,’ दंगालले भने, ‘नेपाल इञ्जिनियरिङ कलेज घुस प्रकरणमा केन्द्रित भएर अनुसन्धान हुनेछ । यस क्रममा अन्य अनियमितताका विषय फेला परे त्यसमा पनि छानबिन हुन्छ ।’ याे समाचार नागरिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा