टुसाल डिभिजन लिगको शीर्ष स्थानमा, मध्यपुर युथ १–० गोलले पराजित
काठमाडौं । टुसाल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । समूह ‘बी’ मा रहेको टुसालले मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई १–० गोलले हरायो । टुसालको जितमा एलन राईले पेनाल्टीमा गोल गरेका थिए । लिगमा चार खेल सकेको टुसालले १० अंक बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा मंगलबारनै भएको समूह ‘ए’ को अर्को खेलमा झम्सिखेल युथ क्लबले श्रीकुमारी क्लब युथ क्लबलाई २–१ गेलले हरायो । झम्सिखेलका भुवन राईले पाँचौ मिनेटमै अग्रता दिलाएका थिए ।
४९औं मिनेटमा श्रीकुमारीका विवेक राईले बराबरी गोल फर्काए । श्रीकुमारीका यज्ञ प्रधानले ८४औं मिनेटमा आत्माघाति गोलगरेपछि झम्सिखेल विजयी भएको थियो । चार खेल सकेको झम्सिखेलको ८ अंक छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा १२ क्लबले भाग लिएका छन् ।
लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु