बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री खानको टेलिभिजन सम्बोधनः भारतले आक्रमण गरे पाकिस्तानले प्रतिकार गर्छ

मङ्गलबार, ०७ फागुन २०७५, १९ : ४९
मङ्गलबार, ०७ फागुन २०७५

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफुविरुद्ध सैन्य कार्वाही गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानले मंगलबार टेलिभिजन सम्बोधनमार्फत भारतलाई सो चेतावनी दिएका हुन् । 

केही दिनअघि भारत प्रशासित काश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो आक्रमणलाई भारतले पाकिस्तानबाट निर्देशित भन्दै आएको छ । सो घटनालगत्तै भारतले पाकिस्तानविरुद्ध कार्वाहीको धम्की समेत दिँदै आएको छ । 

टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री खानले यदि भारत पाकिस्तानविरुद्ध आक्रमण गर्ने सोच्दै छ भने पाकिस्तान सिँधै प्रतिकारमा उत्रिने चेतावनी दिए । उनले पाकिस्तान भारतका जसरी सोचेर नबस्ने समेत स्पष्ट पारे । 

केही दिनअघि पाकिस्तानी भूमिबाट सञ्चालित अतिवादी संगठन जैश–ए–मोहम्मदले सो घटनाको जिम्मेवारी लिएको थियो । प्रधानमन्त्री खानले सो घटनाको अनुसन्धान गर्न पाकिस्तान सरकार पनि तयार रहेको स्पष्ट पारेका छन् । काश्मीर आक्रमणपछि ती दुई देशबीच थप तनाव बढेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप