शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल आएका गायक सोनु निगम सुटिङस्थलमै विरामी, नर्भिकमा उपचार हुँदै

मङ्गलबार, ०७ फागुन २०७५, १८ : ४८
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं– नेपाल आएका चर्चित भारतीय गायक सोनु निगम विरामी परेका छन् । पोखरामा सुटिङ गर्ने क्रममा गायक निगम विरामी परेका थिए ।

ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि साढे १ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा उपचारको लागि ल्याईएको अस्पतालका रामप्रसाद मैनालीले जानकारी दिए । 

हाल गायक निगमको डा.पंकज जलान र डा.प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सुधारको क्रममा रहेको अस्पताले जनाएको छ ।  धेरै नेपाली गीतमा आवाज दिएका चर्चित गायक निगम एक नेपाली कलाकारको एल्बममा गीत गाउन र सुटिङको लागि नेपाल आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप