बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापना, नेपाल इन्भेष्टमेन्ट बैंकको स्वैच्छिक सहयोग

मङ्गलबार, ०७ फागुन २०७५, १७ : ५७
मङ्गलबार, ०७ फागुन २०७५

ललितपुर– वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन गरेका छन् । यसैबीच, समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो ।

आर्थिक वर्ष २०७४÷७५मा  ११,५९,११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८०,००० विद्यार्थीहरू सदस्य छन् ।  

सदर चिडियाखानाले अन्तक्र्रियात्मक सञ्चार विधि (इन्ट्रयाक्टिभ मिडिया), श्रव्य–दृष्य प्रणाली, जैविक तथ्यहरू (बायो फ्याक्ट्स), संरक्षित आखेटोपहार (नमुनाहरू) लगायतका विधिमा परिस्कृत गर्दै लगेको छ, जसले अवलोकनकर्ताहरूको अनुभवलाई मात्र नबढाइकन, प्रभावकारी अनुसन्धान संयन्त्र पनि साबित भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न स्वैच्छिक सहयोग गरेको छ । बैंकले आफ्नो जारी संगठित व्यावसायिक उत्तरदायित्व रणनीतिअन्तर्गत आफ्ना पहलहरूको पहुँचलाई विविधीकरण गर्नका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै आएको जनाएको छ । 

चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता देखिएको भन्दै बैंकले सो केन्द्र स्थापना गरेको हो । बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । जसले अन्ततः केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने विश्वास बैंकको छ । 

बालबालिकाहरूका लागि चाखलाग्दो र अन्तक्र्रियात्मक वातावरण सिर्जना गर्न एवं जनावर र तिनको बासस्थानका बारेमा ज्ञान हासिल गर्न यसले सहयोग गर्ने बैंकले जनाएको छ । यो बालबालिकाहरूमा उनीहरूको प्रारम्भिक कालमै कक्ष कोठाभन्दा बाहिर संरक्षणमुखी दृष्टिकोण विकसित गर्ने एक प्रयास पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप