शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

मङ्गलबार, ०७ फागुन २०७५, १७ : ५१
मङ्गलबार, ०७ फागुन २०७५

-रामहरि श्रेष्ठ 
ओखलढुंगा– ओखलढुंगामा बालिका बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मानेभज्याङ गाउँपलिकाका २४ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

राईलाई सोही स्थानका अन्दाजी १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए ।

अभियुक्त राईले गत आईतबार दिउँसोे नुहाउन पँधेरोमा गएकी बालिकालाई जबर्जस्ती करणी गरेको पीडित पक्षको दाबी छ । बालिका नुहाउनका लागि खोला छेउको पधेरोमा जाँदा अभियुक्त राईले जबर्जस्ती करणी गरेको पीडितको भनाई छ ।

जबर्जस्ती करण गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दाहालको भनाई छ । हाल अभियुक्त राईलाई प्रहरी हिरासतमा राखी घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप