पानी जहाज कार्यालयले निकाल्यो विज्ञप्ति: ‘कर्मचारी हेर्न एकान्तकुनामा आउनुस्’
काठमाडौं– नेपाल पानी जहाज कार्यालयले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमहरुमा आएको समाचारको खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कार्यालयले पानी जहाज कार्यालय सञ्चालनमा आएको भोलीपल्ट देखिनै बन्द भएको भ्रामक खबर सम्प्रेषण भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
कार्यालयका निमिक्त रजिष्टार अमृतमणि रिमालले फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै आएको उल्लेख गर्दै अन्य कुराहरुको पनि जानकारी चाहिए एकान्तकुनास्थित कार्यालयमा आउन विज्ञप्तिमा भनिएको छ ।
एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानी जहाजको पनि कार्यालयको रुपमा फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
उक्त दिन र भोलिपल्ट जाँदा समेत सो कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको थिएन । सञ्चारमाध्यमहरुले पानी जहाज कार्यालय स्थापना भएपनि कर्मचारी नभएको समाचार लेखेपछि कार्यालयले कर्मचारी रहेको जानकारी गराउँदै सो विज्ञप्ति निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल