शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्यान्डमा संसदीय निर्वाचन : १० हजार उम्मेदवार मैदानमा

मङ्गलबार, ०७ फागुन २०७५, १५ : १२
मङ्गलबार, ०७ फागुन २०७५

बैङ्कक– थाइल्यान्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै १० हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो । 

थाईल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन हुने तय भएको छ ।  निर्वाचन आयोगले दिएको अन्तिम नामावली अनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन् । 

फेब्रुअरी महिनाको सुरुमा निर्वाचन आयोगमा उम्मेदवारीका लागि कुल ११ हजार १८१ जनाले निवेदन दिएका थिए । उनीहरु मध्येबाट छानविन गरेर दश हजार ७९२ जना भएका हुन् । 

निर्वाचन आयोगले उम्मेदवारीका लागि निवेदन दिएका मध्ये ३८९ जनालाई अयोग्य घोषणा गरेर निवेदन खारेज गरिएको जनाएको छ ।  थाईल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । तर हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी कुल पाँच सय जना सांसद निर्वाचन हुने व्यवस्था रहेको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप