बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको मिचिगनमा गोली चल्यो, ३ बालबालिकासहित ४ जनाको हत्या

मङ्गलबार, ०७ फागुन २०७५, १३ : ५७
मङ्गलबार, ०७ फागुन २०७५

शिकागो– अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विवादका क्रममा गोली हानाहान भएको छ । 

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन् । 

उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडीने उनीहरुको भनाई छ । घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप