बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको आशंकामा दुई जनाको कुटीकुटी हत्या, एकको अवस्था नाजुक

मङ्गलबार, ०७ फागुन २०७५, ११ : ४१
मङ्गलबार, ०७ फागुन २०७५

मेघालयको वेस्ट गारो हिल्स जिल्लामा भीडले दुईजनाको कुटीकुटी हत्या गरेको छ । उक्त घटनामा एक अन्य व्यक्ति गम्भीर घाइते भएका छन् । उनको स्थिती गम्भीर बताइएको छ ।

पुलिसका अनुसार गत शुक्रबार एक कारमा तीन संदिग्ध व्यक्ति भएको थाहा पाएपछि करिब हजार व्यक्तिको समूहले कार रोकेर त्यसको डिक्की खोल्न भने । डिक्की खोल्दा त्यहाँ भित्र चक्कु, फलामको रड देखेपछि भीडले कारमा सवारमाथि हमला गरे । वास्तवमा केही दिन अघि गाउँमा चोरी भएको थियो त्यसै कारण गाउँका मानिसहरु सशंकित थिए ।

एनडीटीवीका अनुसार हमलाका क्रममा पीडित कसैगरी त्यहाँबाट बचेर गाउँका प्रधानको घरमा लुक्ने कोसिस गरे तर भीडले उनीहरुलाई घर बाहिर घिसारेर निर्ममतापूर्वक कुटे ।

जिल्ला पुलिस महानिरिक्षक एमजीआर कुमारले भने, ‘जब हाम्रो समूह घटनास्थल पुग्यो तब त्यहाँ तीन हजार बढी मानिसहरु उपस्थित थिए, उनीहरुलाई शान्त गर्ने कोसिस गरियो तर उनीहरुले हाम्रो कुरा सुनेनन् र संदिग्धलाई कुटिरहे ।’

रिपोर्टका अनुसार भीडको हमलामा अकोन्द नामका व्यक्तिको घटनास्थलमा नै मृत्यु भयो जबकी मिकसेंग मराकलाई अस्पतालमा मृत घोषित गर्यो । राबा नामका अर्का व्यक्तिको स्थिती गम्भीर बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार जिल्ला पुलिस महानिरीक्षक कुमारका अनुसार तीन दिन अघि गाउँका एक घरबाट ६० हजार भारु चोरिएको थियो । चोर राती लगभग ११ बजे कारमा नै आएका थिए । उक्त घटनामा घरका केही सदस्यलाई चोट पनि लागेको थियो । ‘हामीलाई लाग्छ कि यसै कारण गाउँलेहरु अपरिचितको निगरानी गरिरहेका थिए जसका कारण यो घटना भयो,’ उनले भने ।

पुलिसका अनुसार अकोन्दमाथि पहिले अपहरणको मुद्दा दर्ता भइसकेको छ र अन्य दुई व्यक्तिको पनि कुनै आपराधिक पृष्ठभूमि थियो थिएन भनेर पत्ता लगाउने कोसिस गरिरहेको छ ।

पुलिसले यो हमलामा संलग्न सबैको खोजी भइरहेको  जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप