शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२५ वर्षे युवतीले प्राकृतिक रुपमा एकैपटक जन्माइन् ६ छोरी र एक छोरा

मङ्गलबार, ०७ फागुन २०७५, ०९ : ५४
मङ्गलबार, ०७ फागुन २०७५

डेली मेल

इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ । रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ ।

२५ वर्षे नाम नखुलाएकी महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ ।

स्थानीय स्वास्थ विभागका प्रवक्ताले एक वक्तव्य जारी गर्दै आमा, उनका ६ छोरी र एक छोराको स्वास्थ्य राम्रो भएको जानकारी दिएका छन् ।

ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।

यो घटनाले लेबनानको एक अस्पतालमा एकैपटक जन्मिएका ६ बच्चाको याद दिलाउँछ । त्यतिबेला एक महिलाले तीन छोरी र तीन छोरालाई एकै पटक जन्म दिएकी थिइन् । अमेरिकाको लोवा राज्यमा सन् १९९७ मा एउटी आमाले सात जीवित बच्चालाई जन्म दिएकी थिइन् । यसलाई यस्तो प्रकृतिको संसारकै पहिलो घटना मानिन्छ ।

अमेरिकामा उक्त घटना यति चर्चित भएको थियो कि तत्कालीन राष्ट्रपति बिल क्लिंटनले उक्त परिवारलाई फोन गरेका थिए र परिवारलाई विभिन्न चर्चित कार्यक्रममा पनि बोलाइएको थियो । थुप्रै कम्पनीले जोडीलाई मद्दत प्रदान गर्न अग्रसर भएका थिए । उनलाई एउटा घर उपहारस्वरुप दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप