मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दिनहुँजसो लुटिन्छन् नेपाली मलेसियाको क्वालालम्पुर विमानस्थलमा

मङ्गलबार, ०७ फागुन २०७५, ०७ : ५०
मङ्गलबार, ०७ फागुन २०७५

मलेसिया – मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए ।

विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ ।

प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले बाँधिएको लगेजसहित उनी ट्याक्सीबाट भरेलगत्तै दुई युवक त्यहाँ आइपुगे । उनीहरुले आफूहरु विमानस्थलको कर्मचारी रहेको परिचय दिदैँ यात्रुको सहयोगका लागि बसेको बताए । उनीहरुले कुन एयरलाइन्सबाट कता जान लागेको भनेर सोधेपछि थापाले नेपाल एयरलाइन्सबाट काठमाडौँ जान लागको भन्दै सीधा जवाफ दिए । 

आफूसँग पासपोर्ट मागेपछि उनको मनमा चिसो पस्यो । छलिएर लिफ्टतर्फ अघि बढ्दा ती युवकहरुले थापाको पिछा गरे । 

लिफ्टमा तीनजना मात्र भए । थापासँग पैसा माग्न थालियो । अन्ततः उनी यस्तो परिबन्धमा परे, ५० मलेसियन रिंगेट नदिई ती युवकहरुबाट छुटकारा पाउनै सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप