तरकारी नबिकेपछि ट्रयाक्टर लगाएर बारीमै नष्ट
धादिङ - उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् ।
बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको कुरा उल्टो खर्च थपेर बिक्री गुर्नपर्ने अवस्था आएको किसानको गुनासो छ ।
अर्को सिजनको खेती गर्ने बेला भइसक्दा पनि तरकारी बिक्री नभएकाले काटेर बारीमा जोतिदिएको उनीहरुले बताएका छन् । ‘हजारौँ रुपैयाँ खर्च र महिनौ पसिना बगाएर गरेको खेती बिक्री गर्दा लगानी नउठ्ने अवस्था आयो,’ स्थानीय जुनामाया विसरालले भनिन्, ‘बेच्नका लागि ढु्वानी भाडासमेत आफैँ हाल्नुपर्ने भयो । बेचेर लगानी नउठ्ने भएपछि बरु अर्को सिजनको खेती गर्दा मल होस् भनेर ट्रयाक्टर लगाएर जोतियो ।’ यो समाचार मनीष दुवाडीले अन्नपूर्णमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल