शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

सोमबार, ०६ फागुन २०७५, २० : ५०
सोमबार, ०६ फागुन २०७५

काठमाडौँ । श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक स्पोर्टस् क्लबविरुद्ध भगवतीका दर्शनले ह्याट्रिक गरेका हुन् । दर्शनको ह्याट्रिकसँगै जारी ‘बी’ डिभिजन लिगमा दोस्रो ह्याट्रिक पूरा भएको छ । 

दर्शनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेका थिए । दर्शनले पहिलो हाफको २४, ३६ र दोस्रो हाफको ६७ मिनेटमा गरी ह्याट्रिक पूरा गरे । अर्को गोल खेलेको अतिरिक्त समयमा गरे । यसअघि टुसाल युथ क्लबका एलन राईले ह्याट्रिक गरेका थिए । 

दर्शनको ह्याट्रिकसँगै ‘बी’ डिभिजन लिगमा भगवतीले दोस्रो जीत निकाल्दै पुल्चोकलाई ६–० गोल अन्तरले पराजित गरेको छ । भगवतीका लागि दुई गोल आजको जीतसँगै तालिकामा छ अङ्क जोडेको छ । त्यसैगरी कार्लोस बखरियाले २६आँैं र मोहनबहादुर थापामगरले ८१औँ मिनेटमा एक–एक गोल गर्दै भगवतीलाई ६–० को अग्रता दिएका थिए । 

यसैबीच आजै भएको अर्को खेलमा आरसिटी र ब्वाइज युनियन क्लबले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ब्वाइजका आकाश राईले ५१औँ मिनेटमा पहिलो गोल गरे । आरसिटीका नवराज गुरुङले ८६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । लिगमा ‘बी’ डिभिजनका १२ क्लब सहभागी छन् । 

लिगको विजेता टोलीले रु आठ लाख, उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप