शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहिद स्मारक ‘बी’ डिभिजन लिग: श्रीभगवतीको गोल बर्षा

सोमबार, ०६ फागुन २०७५, १९ : ०९
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्रीभगवती क्लबले पुल्चोक स्पोर्ट्स क्लबविरुद्ध गोलको बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा श्रीभगवतीले पुल्चोकलाई ६–० गोलले हरायो । 

भगवतीको जितमा दर्शन गुरुङले चार गोल गरे । उनले २४औं, ३६औं, ६७औं र दोस्रो हाफको इन्जुरी समयमा गोल गरका थिए । कार्लोस बखरियाले २६औं र मोहनबहादुर थापामगरले ८१औं मिनेटमा एक–एक गोल गरे । 

सोमबारनै भएको अर्को खेलमा आरसीटी र ब्वाइज युनियन क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ब्वाइजका आकाश राईले ५१ औं मिनेटमा पहिलो गोल गरे । आरसीटीका नवराज गुरुङले ८६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । लिगमा ‘बी’ डिभिजनका १२ क्लबले भाग लिएका छन् । 

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप