शिवम् सिमेन्ट आईपीओः पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताका लागि आवेदन
काठमाडौं– शिवम् सिमेन्टले प्रभावितसहित सर्वसाधारणको लागि खुला गरेको शेयरमा पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ ।
सोमबार साँझ ६ वजेसम्म २२ करोड ३० रुपैयाँ बराबरको आबेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले आजदेखि सर्वासधारणको लागि प्रति कित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाको लागि २०० रुपैयाँ प्रति कित्ताको दरले शेयर निष्काशन गरेको थियो ।
जसअनुसार, सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको शिवम्ले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले छिटोमा फागुन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र ५ गतेसम्म बिक्री खुला गर्ने पनि जनाएको छ ।
सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम खुला गरिए बराबरकै लागि आवदेन दिन पाउने शिवम्ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक तथा मानव निर्मित सम्पदा संरक्षण र प्रवर्धन गरे मात्र सभ्यता जोगिने
-
दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री पुन
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गरिब र विकासोन्मुख देशमा धेरै चिनी हालेको ल्याक्टो र सेरेल्याक बेच्दै नेस्ले
-
एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्मको अल्टिमेटम
-
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवकको शव भेटियो