शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शाहीको अध्यक्षताका ३१ सदस्यीय कार्यसमिति गठन

सोमबार, ०६ फागुन २०७५, १७ : ३८
सोमबार, ०६ फागुन २०७५

काठमाडौं । राप्रपा (संयुक्त) घोषणा भएपश्चत विद्यार्थी संगठनहरुको समायोजन गरिएको छ । आइतबार सम्पन्न दुई विद्यार्थी संगठनका संयुक्त वैठकले धनसुर शाहीको अध्यक्षताका ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

तत्कालीन राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) निकट विद्यार्थी संगठनहरुको संयुक्त वैठकले रवीन थापालाई संगठनको वरीष्ठ उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ । दुवैतर्फका पदाधिकारी सदस्यहरुलाई सम्मानित स्थान र जिम्मेवारी प्रदान गरेको छ ।

प्रवक्ता एन्टीसंघर्ष राईको सयोजकत्वमा पाँच सदस्यीय प्रचार प्रसार समिति समेत गठन गरेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप