शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको बस टर्मिनलमा बन्ने भयो अत्याधुनिक सपिङ कम्पलेक्स

सोमबार, ०६ फागुन २०७५, १६ : २५
सोमबार, ०६ फागुन २०७५

बुटवल– बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स भवन बन्ने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्न लागेको हो । 

अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरी आज सम्झौता भएको छ ।

 बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतबीच सोमबार काठमाण्डौंस्थित नगर विकास कोषको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए । 
१० करोड ८४ लाख रुपैंयाको कुल लागतमा बन्ने सो भवनको निर्माणकार्य बैशाखबाट सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए ।

बुटवलको सम्भावनालाई साकार पार्नेगरि सहकार्य गर्ने सम्झौता भएको उल्लेख गर्दै कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिने बताए ।

भवन बन्न लाग्ने लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाण्डौंले लगानी गर्ने छ । बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैले जोहो गर्ने छ ।

कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको हो ।

बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए 

उन अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् । बुटवल उपमहानगरपालिकाले जितगढी, हिलपार्क, मिलनपार्कहरुको गुरुयोजना बनाइरहेको छ । यस्तै जवइ खेल मैदान, ट्रान्सपोर्ट भिलेज र विभूति पार्कका लागि पनि गुरुयोजना बनाएर काम अगाडि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप