मेरो करियर ‘फिङ्गर प्रिन्ट’मा छ : अभिनेता राज
काठमाडौं– पछिल्लो केही दिनयता अभिनेता राज क्षितिजको ब्यस्तता बढ्दो छ । उनी अभिनित फिल्म ‘फिङ्गर प्रिण्ट’ को प्रदर्शन मिति नजिकिँदै गर्दा उनको ब्यस्तता पनि बढेको हो । ‘अचेल दैनिक १० भन्दा बढी मिडियामा इन्टरभ्यु दिइरहेको छु’ आइतबार आयोजित एक कार्यक्रममा उनी भन्दै थिए ‘फिल्मको प्रचारले न बिहान बेलुकीको खानाको ठेगान छ, न दिउँसोको खाजा ।’ खाने र बस्ने ठेगान नभएपनि चारैतिर मिडियामा छाउन पाउँदा भने खुसी लागेको उनको भनाई रहेको छ ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने ‘फिङ्गर प्रिण्ट’ निर्माण युनिटले फिल्मको थप जानकारी दिन आइतबार एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राजले फिल्ममा आफ्नो रोमान्टिक तथा एक्सन दुई अवतार देख्न मिल्ने बताए ।
कार्यक्रममा राजको कुरा सुनिरहेका अर्का कलाकार रमेश बुढाथोकीले ‘फिङ्गर प्रिन्ट’ को विषयवस्तु अन्य भन्दा केही भिन्न आफुले पाएको बताए । ‘फिल्म दर्शकलाई मनपर्न सक्छ । किनभने यसको कथा र मेकिङ फरक छ’ बुढाथोकीले थपे ।
समसामयिक कथा वस्तुलाई समेटेर निर्माण गरिएको ‘फ्रिंगर प्रिन्ट’मा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । तर चर्चामा भने एक्लो राज छन् ।
फिल्मको प्रचार प्रसारमा बढी दौडधुप गरेको कारण कारण आफु सबैतिर मिडियामा छाउन सफल भएको राजको भनाई रहेको छ । निर्माण युनिटले पनि फिल्म प्रचारमा राजलाई नै अगाडि सारिरहेको छ । राजको यो पहिलो फिल्म भने होइन । यस अगाडि उनले दि रेञ्ज, कस्तो टेन्सन, धर्मयुद्ध लगायतका फिल्ममा काम गरिसकेका छन् ।
प्रदर्शनमा आएका फिल्ममा ‘फ्रिंगर प्रिन्ट’को जस्तो आफ्नो दमदार भूमिका नभएकोले यो फिल्म आफ्ना लागि महत्वकाँक्षी फिल्म भएको राजले बताए । उनले अगाडि भने, ‘मेरो करियर कसरी अगाडि बढ्छ भन्ने फिङ्गर प्रिन्टको व्यवसायले निर्धारण गर्छ ।’
नविन निरौला निर्देशित सस्पेन्स थ्रिलर फिल्म ‘फिङ्गर प्रिन्ट’मा नवीनकै लेखन र सम्पादन रहेको छ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन)ले निर्माण गरेको फिल्ममा शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता हुन् ।
फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु