कार्यदलसँगको छलफलपछि नेकपाको एकता टुंगिने
काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलसँगै बसेर छलफल गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको प्रतिवेदनमा विधान बाहेक अन्य विषयमा कुनै निर्णय नभएको भन्दै थप कामका लागि निर्देशन माग गरिएको छ ।
पौष १३ गते स्थायी कमिटीले गठन गरेको ९ सदस्यीय कार्यदललाई पौष मसान्तसम्म प्रस्ताव प्रतिवेदन बुझाउने समय दिइएको थियो । तर, कार्यदलले माघ तेस्रो साता वितिसक्दा पनि प्रतिवेदन नबुझाएपछि २१ माघ मा बसेको सचिवालय बैठकले यथास्थितिमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
आज बसेको सचिवालय बैठकले आगामी विहिबार फेरि सचिवालयको वैठकमा कार्यदलका सदस्य सहितको छलफलपछि एकताबारे थप निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘हामीलाई छिटोभन्दा छिटो सांगठनिक एकीकरणका काम पूरा गर्नपर्ने छ । ९ गतेको बैठकमा कार्यदलका सवै साथीहरुसहित छलफल गर्ने र उहाँहरुको स्प्रिट बुझ्ने त्यसपछि मात्रै एउटा निष्कर्षमा पुग्ने भन्ने निर्णय भयो ।’
कार्यदलमा संयोजक रामबहादुर थापा बादल, विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराई, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, रघुविर महासेठ र बेदुराम भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली