मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजारमा आए यस्ता गीत (भिडियोसहित)

सोमबार, ०६ फागुन २०७५, १३ : ३६
सोमबार, ०६ फागुन २०७५

काठमाडौ – व्यवसाय नै नभएपनि नयाँ गीत संगीत बजारमा निस्किने क्रममा भने रोकिएको छैन । सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ  गीतसंगीत थपिनै रहेको छ । यस्तैमा यो साता पनि बजारमा फरक शैलीका नयाँ गीत संगीत आएका छन् । यस्ता छन्, यो साता बजारमा आएका गीत संगीत ।

कृष्णको ‘घरबारमा’ 
नवगायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ । केहि वर्षयता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको डेब्यु गीतमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर्ड छन् ।
गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ । ‘गीतलाई युवापुस्ताले मन पराउनु हुन्छ भन्नेमा विश्वत छु’ डेब्यु गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ , आश छ मैले देखेको सपनाको पथमा म सहि छु भन्ने ।’
कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । जसलाई रामकुमार केसीले छायाँकन गरेकाछन् भने यसलाई निर्देशनसँगै सम्पादन पनि टेकेन्द्र शाहले गरेका छन् ।

‘रेलिमाई’
आठ महिना अघि ‘रेलिमाई’ गीत ल्याएका आर्जनकाे गीतको भिडियो आइतबार रिलिज गरिएको छ । 
रेलिमाई सिक्वेललाई आर्जनले ’झिमिक्कै परेली’ शिर्षक दिएका छन् । फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन् ।

रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी प्रेमिका रहेको दाबी सहित मिडियामा विभिन्न गसिप तथा समाचारहरु आइरहँदा यो पटक दुबै एकसाथ भिडियोमा देखिएका छन् । जुनकुराले आर्जन र केकीको सामिप्यतालाई आंकलन गर्न बल पुर्याएको छ ।
विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा रेसुभिल्ला आसपासमा खिचिएको छ । 

‘मायाको तृष्णा’
गायिका संगीता प्रधान रानाको नयाँ गीत ‘मायाको तृष्णा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियोमै खिचिएको हो ।
गीतमा प्रज्जवल शमशेर जबराको शब्द तथा सचिन सिंहको संगीत र एरेन्ज छ । भिडियोमा गायिका संगीता, संगीतकार सचिन, रिदम कुमार सिंह ‘महाराज’, भायोलिन रविन कार्की ढली, फ्लुट गोपाल देव फिचर्ड छन् । 
प्रकाश मिश्रले निर्देशन गरेको भिडियोमा खेम थापाको छायांकन, रितु रानाको मेकअप, अधिनायक एम शेरचनको सम्पादन छ । गायक संगीताले आफूलाई गुनगुनाइरहन मन लाग्ने गीतमा ‘मायाको तृष्णा’ पनि एक हुने बताइन् । भिडियो अकेस्टिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘धन्यवाद’
हङकङमा बसोबासरत गायक विनोद मेखुको नयाँ गीत ‘धन्यवाद’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा छुल्ठिम गुरुङ, शैलेन्द्र र डेनियल फिचर्ड छन् ।
गीतमा एउटा सुखी परिवारको कथा देखाइएको छ । भिडियोमा छुल्ठिम आमा बनेकी छन् । परिवारमा सन्तानको आगमन भएपछि आमाबाबुको खुशीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतमा अनुशिल श्रेष्ठको शब्द, कल्याण सिंहको संगीत, गोपाल रसाइलीको एरेन्ज र मिना विष्टको मिक्सिङ तथा मास्टरिङ छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियो ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘माईली’
गायक भुवन प्यासीको नयाँ गीत ‘माईली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ । गीतमा भुवनलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।
परदेशमा काम गरेका श्रीमान्ले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ । भिडियोमा मोडल अन्जली अधिकारसँगै गायक प्यासीले पनि अभिनय गरेका छन् । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । 


‘सम्झनामा’
गायक दीप तामाङको स्वर रहेको ‘सम्झनामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा हजारौ युवा युवतीको भावनालाई गीतले समेटिएको छ । 
गीतले युवायुवतीको कथालाई समेटेको छ । गीतमा जितेन लेप्चाको संगीत तथा फडिन्द्र राईको एरेन्ज रहेको छ । रामकृष्ण कडेलको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो राजन मर्हजनले निर्देशन गरेका हुन् । 

मेरै नेपाली
गायिका बुनु श्रेष्ठको नयाँ गीत ‘मलाई मेरै नेपाली’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरिएको हो । गीतमा मोद कोईरालाको शब्द तथा संगीत रहेको छ ।
भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियो साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।

माया

प्रेम जोडीलाई लक्षित् गर्दै नयाँ म्युजिक भिडीयो धेरै माया बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ । हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन ।
सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा निरोज श्रेष्ठको छायाँकन , अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।

‘रोमान्टिक छु...’
 ‘पिरिम नलाउने....’ गीतबाट चिनिएक गायक आशिष सचिनले नया“ गीत ‘रोमान्टिक छु...’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । गीतमा गायक आशिष सचिनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् ।

 नृत्यपरक उक्त यूगल गीतलाई अर्जुन पोखरेलले संगीत निर्देशन गरेका हुन् । गीतका शब्दहरु नृपेश उप्रेतीले रचना गरेका हुन् । महाराज थापा उक्त गीतका संगीत संयोजक हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । 

एसजे क्रिएसनका लागि सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् ।

भिडियोमा मुना, सबिना, अनिशा, सौगात, संगीता, प्रतिक्ष्ाँ, समिर, पूजन, विशाल, निरिष, सुशान्त, कुमार, मन तथा कोसिशले सामुहिक नृत्य गरेका छन् । भिडियोलाई आरोही गौतमले प्रस्तुती गरेकी हुन् ।

भ्यालेन्टाइन्स डेमा सुरेश र मेघराजको मायामा
गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको ‘मायामा तिम्रो...’ शीर्षकको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । संगीतकार सुमित विश्वकर्माले उक्त गीतमा संगीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको हो ।  

बिकास सुवेदीद्वारा निर्देश्ँन गरिएको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आ“चल शर्माले अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप