बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् सलमानको भाग्य बदल्ने व्यक्ति, अक्षय कुमारलाई बनाए ब्लकबस्टर

सोमबार, ०६ फागुन २०७५, १२ : ३२
सोमबार, ०६ फागुन २०७५

बलिउडका सबैभन्दा चर्चित निर्माता–निर्देशक भन्ने वा सलमान खानको भाग्य बदल्ने व्यक्ति... सय दुई सय करोडको फिल्म उनका लागि कुनै नौलो कुरा होइन । उनलाई मनपर्ने व्यक्तिको सूचीमा सलमान खान छन् भने उनले अक्षय कुमारलाई पनि शानदार फिल्म दिलाएका छन् । यहाँ कुरा हुँदैछ साजिद नाडियाडवालाको । आज साजिद आफ्नो ५३ औं जन्मदिन मनाइरहेका छन् । ९० को दशकबाट करियरको सुरुवात गर्ने साजिद आज इन्डष्ट्रिमा यति ठूला स्टार हुन् कि उनले जसलाई चाहन्छन् उसलाई सुपरस्टार बनाउन सक्छन् । साजिद थुप्रै स्टारकिडका गड फादर हुन् ।

साजिद नाडियाडवालालाई बलिउडका सिक्वल किंग पनि भनिन्छ । उनको हाउसफूल–फोर चाँडै नै रिलिज हुने तयारीमा छ । ‘किक’ सलमान खानको यो सबैभन्दा ठूलो ब्लकबस्टरको सिक्वलको तयारी चलिरहेको छ । ‘बागी’ टाइगर श्रोफलाई साजिदले नै लञ्च गरेका थिए । यस्तै यो फिल्मको तेस्रो सिक्वल अर्थात् ‘बागी थ्री’ को प्लानिङ चलिरहेको छ ।

साजिदको फिल्म निर्माण कम्पनीको नाम हो ‘नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट’ । साजिदको पहिलो फिल्म थियो ‘जुल्म की हुकूमत’ जसमा धर्मेन्द्र र गोबिन्दाले काम गरेका छन् । यस्तै, साजिदले बलिउडलाई थुप्रै धमाकेदार जोडी दिएका छन् ।

साजिद नाडियाडवाला आफ्ना विभिन्न विशेषताका कारण आज शीर्ष फिल्म निर्माताको सूचीमा समावेश छन् । जसमध्ये एक हो जोखिम लिने क्षमता र अर्को भने उत्कृष्ट जोडी बनाउन सक्नु । सन् १९९३ मा रिलिज भएको ‘वक्त हमारा हो’ मा सुनिल शेट्टी र अक्षय कुमारलाई साजिदले सँगै ल्याएका थिए र यो जोडीले ९० को दशकमा विभिन्न धमाकेदार फिल्म दिएका छन् ।

साजिद नाडियाडवालाले नै सलमानलाई ‘किक’ को रुपमा उनको करियरको सबैभन्दा धेरै कमाई गर्ने फिल्म दिएका छन् । यो फिल्मले बक्स अफिसमा दुई सय करोड भन्दा बढी कमाई गरेको थियो । यस्तै। सन् १९९६ मा रिलिज भएको फिल्म ‘जित’ का लागि सलमान खानलाई फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार पनि दिलाएको थियो । साजिदले अक्षय कुमारलाई हाउसफुल र टाइगर श्रोफलाइए बागीजस्ता शानदार फिल्म दिलाएका छन् ।

जुड्वा, किक, हाउसफुल, टु स्टेट्स, हिरोपन्ती, बागी र हाइवे साजिदका उत्कृष्ट फिल्ममध्येका एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप