शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?

सोमबार, ०६ फागुन २०७५, ११ : ०८
सोमबार, ०६ फागुन २०७५

काठमाडौं–शिवम् सिमेन्टले सर्वसाधारण र उद्योग प्रभावितका लागि सेयर विक्री खुला गरेको छ ।

 फागुन ६ (आज) देखि बिक्रि खुला भएको यस आईपीओमा सर्वसाधाराणले न्यूनतम ५० कित्ता देखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । 

 यसका लागि फागुन ९ गतेसम्मका लागि आवेदन दिन सकिनेछ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने चैत्र ५ गतेसम्म आवेदन म्याद थप हुनेछ ।

उद्योग प्रभावित स्थानीयले भने २०० रुपैयाँ प्रति कित्ताका दरले आवेदन दिन पाउनेछन् । ५ लाख ७९ हजार ६ सय ४० कित्ता सेयर स्थानीयले पुनः आवेदन दिन पाउनेछन् । यसअघि ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २ सय ४० कित्ता मात्र बिक्रि भएको थियो । 

सो समयमा बाँडफाँटमा परेका स्थानीयलाई एक लाख १२० कित्ता थप गरिएको छ ।  स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकत्तम ५ लाख ६९ हजार ६ सय ४० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आवेदन आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप