शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले कार्यकर्ता लगाएर शर्माको गीत बन्द गराएको तरुण दलको आरोप, शर्मालाई सम्मान गर्ने

सोमबार, ०६ फागुन २०७५, ०९ : २४
सोमबार, ०६ फागुन २०७५

काठमाडौँ – नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले कम्युनिष्ट सरकारले कार्यकर्ता लगाएर पशुपति शर्माको गीत बन्द गराएको आरोप लगाएको छ । 

सोमबार विज्ञप्ति जारी गर्दै तरुण दलले जनप्रिय गायक शर्माको गीत ‘लुट्न सके लुट...’ बन्द गराएर सरकारले जनताको बोल्न पाउने, बिचार राख्न पाउने, रचना र सिर्जना गर्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै घोर भ्रत्सना गरेको हो । 

तरुण दलले ओली सरकारले जनताको नैसर्गिक अधिकारमाथि प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘गीत, संगित र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक र लुटेरा प्रमाणित भएको छ । सरकारको आदेशमा कम्युनिष्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ, उ आफैं सकिएको इतिहास छ ।’

तरुण दलले नागरिकले भाग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाएको उक्त गीतमा पूर्ण समर्थन रहेको जनाएको छ । साथै, तरुण दलले शर्मालाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।                 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप