बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्सको स्कूलमा अब आमालाई आमा बुवालाई बुवा भन्न नपाइने

सोमबार, ०६ फागुन २०७५, ०८ : ३७
सोमबार, ०६ फागुन २०७५

फ्रान्सको स्कूलमा चाँडै नै आमा–बुवाजस्ता शब्दको प्रयोग बन्द हुनसक्छ । यसको साटो अभिभावकको पहिचान जाहिर गर्नका लागि उनीहरुलाई प्यारेन्ट–वान र प्यारेन्ट–टु भनिनेछ । संसदमा प्रस्ताव पनि पास गरिएको छ । सरकारका अनुसार आफूहरु बच्चाहरुमा सुरुवातदेखि नै परिवारको विविधताप्रति सम्मान बढाउन चाहन्छ ।

समान यौनिकता भएका अभिभावकलाई बचाउनेछ यो कानूनः

केही मानिसहरुले सरकारको यो पहललाई समान लिंग भएका अभिभावकको उत्पीडन रोक्ने बताएका छन् भने कतिले यसलाई मातृसत्ता र पितृसत्ता दुबैको महत्व प्रति सम्मान बताएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोंको पार्टीकी एक सांसदले स्कूलका कुनै पनि दस्तावेजमा अभिभावकको लिंगमा अन्तर नदेखाइने बताएकी छिन् । अभिभावकलाई प्यारेन्ट–वान र प्यारेन्ट–टु बाट पहिचान गरेको खण्डमा यसले बच्चालाई पनि उनीहरुको अभिभावकको लैङ्गिकताका आधारमा निशाना बनाउन छोडिनेछ । उनले यसलाई सामाजिक परिवर्तन गर्ने कदम बताएकी छिन् ।

थुप्रै पार्टीले सरकारको यो पहलको समर्थन गरेका छन् । सोशलिष्ट पार्टीका सांसद जोआकिम पुयोटले तारिफ गर्दै भनेकी छिन्, ‘यो ती अभिभावकका लागि सम्मानको मामला हो जसले उनीहरुका आफ्नै बच्चाले भिन्न दृष्किोणले हेर्छन् किनभने संसारले उनीहरुलाई अलग मान्छन् । ’

यद्यपी, विपक्षले फ्रान्स सरकारको यो कदमको विरोध गरेको छ । राष्ट्रपति पदकी उम्मेद्वार भइसकेकी मारिन ला पेनले म्याक्रों क्याम्पको मुखौटा उत्रिसकेको बताएकी छिन् । म्याक्रोंले बच्चाहरुलाई पनि विचारधारबाट परिवर्तन गर्न चाहेको आरोप लगाएकी छिन् । कन्जर्भेटिभ पार्टीकी एक सांसदले देशका ९५ प्रतिशत अभिभावक महिला–पुरुष नै भएकाले यो परिवर्त कुनै पनि हालतमा तर्कसंगत नभएको दाबी गरेकी छिन् ।

यस्तै, एएफडीएच संस्थाका अनुसार यो परिवर्तनले अभिभावकमा एक–अर्काप्रति दुर्भावना भड्किन सक्छ किनभने बच्चाका प्यारेन्ट–१ र प्यारेन्ट–२ को हुने यसमा मानिसहरु प्राथमिकता खोज्नेछन् । यस्तोमा बच्चाहरुको मानसिक विकास पनि उल्टो असर पर्न सक्ने उक्त संस्थाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप