शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडको आँखामा नेमार, के पीएसजी छोड्लान् त ?

सोमबार, ०६ फागुन २०७५, ०८ : ३२
सोमबार, ०६ फागुन २०७५

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन सुपरस्टार नेमार अहिले घाइते छन् । खुट्टाको चोटका कारण अझै दुई महिला मैदान बाहिर रहने नेमारको ट्रान्सफर चर्चा भने दिन प्रतिदन चुलिएको छ । 

केही समयअघि बार्सिलोना फर्कने दावी गरिएका नेमार एक साता अघि स्पेनि क्लब रियल म्याड्रिड जानलागेको अर्को हल्ला चल्यो । नेमार बार्सिलोना फर्कने कुरा सत्य नभएको विषयमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले हालै स्पस्ट पारेका थिए । 

नेमारलाई अहिले इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले अनुबन्धको प्रस्ताव अघि सारेको समाचार फेरि बाहिर आएको छ । युनाइटेडले नेमारलाई अनुबन्ध गर्न कीर्तिमानी दुई सय ६२ मिलियन पाउन्डको प्रस्ताव गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेको छ ।

स्पेनिस पत्रिका डन बालोनका अनुसार युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गनर सोल्सारले आगामी सिजन नेमारलाई क्लबमा ल्याउन चाहेका छन् । गत साता मात्र युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पीएसजीले युनाइटेडलाई २–० गोलले हराएको थियो । 

नेमार दुईबर्ष अघि बार्सिलोनाबाट कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएका थिए । पीएसजीमा नेमार त्यति रम्न नसकेको समाचार बारम्बार आईरहेका छन् । 

युनाइटेडले आँखामा परेका नेमारलाई स्पेनिस क्लब रियलले भित्र्याउने तयारी गरेको समाचार पनि बाहिर आइरहेको छ । घाइते नेमार अहिले घरमै आराम गरिरहेकोले उनलाई आगामी सिजन कसले अनुबन्ध गर्छ, त्यो भने समयले बताउँनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप