शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामोसलाई कीर्तिमानी रातोकार्ड, जिरोनासँग घरमै हार्‍यो रियल

सोमबार, ०६ फागुन २०७५, ०८ : २८
सोमबार, ०६ फागुन २०७५

एजेन्सी – कप्तान सर्जियो रामोसले ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडीको कीर्तिमान बनाएको खेलमा रियल म्याड्रिड जिरोनासँग २–१ गोलले पराजित भएको छ । 

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सुरुवाती अग्र्रता लिएरपनि रियल पराजित भएको हो । रियलका कासेमिरोले २५औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । 

दोस्रो हाफमा जिरोनाले दुई गोल गर्यो । ६५औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

रियलका रामोसले फल खेलेपछि जिरोनाले पेनाल्टीको मौका पाएको थियो । ७५औं मिनेटमा पोर्टुले दोस्रो गोलगर्दै जिरोनालाई जित दिलाए । 

रामोस ९०औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । रामोसले ला लिगामा पाएको यो करियरको २०औं रातो कार्ड हो । 

उनी ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडी पनि बने । रामोसले आफ्नो फुटबल करियरमा भने २५ वटा रातो कार्ड पाएका छन् ।

जिरोनासँगको हारले रियलको दोस्रो स्थानमा उक्लने सपना चकना चुर भएको छ । तेस्रो स्थानमा रहेको रियलको २४ खेलबाट ४५ अंक छ । 

शीर्ष टोली बार्सिलोनाको ५४ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ४७ अंक छ । रियललाई हराएको जिरोना २७ अंक सहित १५औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप