शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिममा कडा व्यायाम गरेर सनसनी मच्चाउने ९ महिनाकी गर्भवती भन्छिन्, ‘म बिरामी भएकी होइन’

सोमबार, १६ साउन २०७४, १६ : ५६
सोमबार, १६ साउन २०७४

डेली मेल

३६ हप्ताकी गर्भवतीले जिममा कडा व्यायाम गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक विरोध भएको छ ।

कतिले उनको स्वस्थ जीवनशैलीको तारिफ गरेका छन् भने कतिले उनलाई ‘स्वार्थी’, ‘अविवेकी’ र ‘चर्चाको भोको’ भन्दै विरोध गरेका छन् ।

विरोधको प्रतिक्रियामा बेइजिङकी ३३ वर्षीया लि फेनाले आफ्नो व्यायामले आफूलाई र आफ्ना सन्तानहरुलाई पनि फाइदा हुने विश्वास रहेको उनले बताइन् ।

अगस्ट २५ तारिखमा डेट तोकिएकी लि फेना भन्छिन्, ‘म गर्भवती हुँ, बिरामी होइन’ ।

एमएस ली, लि फेनाको व्यक्तिगत प्रशिक्षकले डेली मेललाई दिएको जानकारी अनुसार उनी दैनिक बिहान करिब एक घण्टा व्यायाम गर्छिन् । उनको व्यायाममा पूल अप, स्क्वाटिङ, लिफ्ट वेट र वाकिङ पर्छ ।

एमएस लीले उनले गर्ने प्रत्येक व्यायमले शरिरको विभिन्न मांशपेशीमा असर पुर्याउने गर्दछ ।

‘अहिले म ३० केजी उचाल्छु । गर्भवती हुनुपूर्व मैले ६० केजीसम्मको तौल उठाउँथे ।’

उनले व्यायाम गरिरहेको भिडियोलाई अहिलेसम्म १ करोड ४० लाख पटक हेरिएको छ ।

सुरुमा मिस लिको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञले लिलाई व्यायाममा नगर्न आग्रह गरेकी थिइन् किनभने उनले गर्भमा जुम्ल्याहा हुर्किरहेका थिए ।

‘तर पछि, मेरो डाक्टरलाई मेरा सन्तान र म स्वस्थ भएको देखेपछि उहाँले बिस्तारै आफ्नो सोच परिवर्तन गर्नुभयो ।’

सुरुमा लि स्वस्थ खानपिनमा केन्द्रित भइन् । उनले अत्यधिक सागसब्जी खाइन् र चीनिबाट टाढै रहिन् ।

यद्यपी, ती फिटनेस गुरुले गर्भावस्थामा जिम जानेहरुले विशेष हेरिबिचार गर्नुपर्ने औंल्याइन् ।

उनका श्रीमान् पनि फिटनेस गुरु हुन् । उनले धेरैजसो उनलाई व्यायामका लागि सहयोग गर्दछन् ।

चीनमा जुम्ल्याहाको शल्यक्रियामार्फत नै जन्म गराउने चलन भएपनि उनले प्राकृतिक रुपमै आफ्नो सन्तानलाई जन्म दिने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप