केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चाँडै, ३ सय अर्ब लागत अनुमान
काठमाडौँ – केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को चरणमा प्रवेश गरेको छ । त्यसका लागि दुई देशका अधिकारीबीच वार्ता प्रक्रिया थालनी भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।
उनका अनुसार दुई देशका अधिकारीबीच २०७६ असारसम्म चीनमा तेस्रो वार्ता हुनेछ । यसअघि पहिलो वार्ता चीन र दोस्रो वार्ता मंसिरमा नेपालमा भइसकेको छ ।
अब हुने वार्ताको मुख्य एजेन्डा नै केरुङ काठमाडौँ रेलमार्ग हुनेछ । नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् ।
सम्भाव्यता अध्ययनले काठमाडौँदेखि केरुङसम्मको लम्बाइ ७२ किलोमिटर रहने देखाएको छ । त्यसका लागि २८० देखि ३०० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गर्न २०७४ कात्तिकमा नेपाल आएको चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीले २८० र्अ लाग्ने अनुमान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै