पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
सोमबार, ०६ फागुन २०७५, ०६ : ३०
काठमाडौँ – घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ । ‘हामीमाथि धेरै दबाव रहेको बुझेका छौँ,’ आयोगका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘यो हप्ताभित्र केही निर्णय हुन्छ ।’
नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा