शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बहुविवाह गर्ने जोडी प्रहरी खोरमा

आइतबार, ०५ फागुन २०७५, २२ : १४
आइतबार, ०५ फागुन २०७५

हिलिहाङ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । 

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । 

श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् । 

राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप