शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

र्याम्पमा शो टपर्स नीता

आइतबार, ०५ फागुन २०७५, २० : ०४
आइतबार, ०५ फागुन २०७५

काठमाडौं –अभिनेत्री नीता ढुंगाना र्याम्प नापेकी छन् । शनिवार ठमेलस्थित छाँया सेन्टरमा आयोजित ‘ईलिजेन्ट ब्राईडल फेयर’ नामक फेशन शो तथा फेयरमा उनले ‘शो टपर्स’को रुपमा र्याम्प नापेकी हुन् । 
पछिल्लो समय चलचित्रमा कम र म्युजिक भिडियोमा धेरै देखिने नीताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु आफुलाई उत्कृष्ट लाग्ने बताइन् । 

शोमा ५ देखी ३५ बर्षसम्म  भिन्न उमेर समुहका ४९ जना मोडले रर्याम्प विभिन्न फेसनका डिजाइनहरु प्रस्तुत गरेका थिए ।  वेष्टर्न वेडिङ्ग गाउनका विभिन्न आकर्षक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो । 

फ्री मेकअप, फुड टेस्टिङका स्टलसमेत राखिएको शोमा दुलहीले प्रयोग गर्ने वेष्टर्न गाउनका साथै फेसन पारखीका लागि शो आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् । 

फरिया फेशनको स्टोर जमलस्थित विश्वज्योती मलमा अवस्थित रहेको छ । शोको कोरियोग्रार सपना राई र आरती प्रधान रहेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप