शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ सरकारको एक बर्ष: आए यस्ता मिश्रित प्रतिक्रिया

आइतबार, ०५ फागुन २०७५, १७ : ५०
आइतबार, ०५ फागुन २०७५

बुटवल– प्रदेश सरकार गठन भएको एक बर्षमा ५ नम्बर प्रदेश सरकारको मिश्रित प्रतिक्रिया आएको छ । नागरिकहरुले सरकारले कार्यक्रम गरेको तर कामको अनुभूति आफुहरुले नपाएको बताएका छन् । सरकारले आफुले निमार्ण र संरचना बनाउँदै काम गरेको दावी गरेको छ ।

प्रदेश नम्बर ५ का प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले संघीय सरकारका कारण प्रदेश सरकारको काममा ढिलासुस्ती भएको दाबी गरेका छन् । उनले प्रदेशले यो बर्ष कानुन निर्माणको बर्षको रुपमा काम गरेको समेत प्रष्ट पारे ।

‘प्रदेशमा १४ वटा कानुन निर्माण भैसकेका छन्, १६ वटा दुईवटा संशोधन समेत भएर पारित भैसकेको’ यो काम होइन ? उनको प्रश्न छ । प्रदेश प्रहरी ऐन प्रदेशबाट स्वीकृत भएपनि संघीय सरकारले नै प्रहरी ऐन नबनाएको कारण केही अफ्ठ्यारो भएको उनको भनाइ छ ।

जलश्रोेत नीति, यातायात नीति मस्यौँदा बनाउनका लागि प्रदेशले केन्द्र सरकारलाइ कुरिररहेको उनले बताए । अन्तरप्रदेशमा समेत यस विषयमा कुराहरु उठेको उनले बताए । जिरोबाट काम अगाडि बढाउनुपर्दा केही कमी कमजोरी भएको मन्त्री चौधरीले बताए । संविधान कार्यान्वयनमा सबैभन्दा बढि चिन्ता व्यक्त गरी अगाडि बढिएको बताए ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संघीय सरकारले केहि बिधेयक,ऐन,निर्देशिका नै नबनउदा प्रदेशले पनि बनाउन पाएको छैन,हामीले संघको कानुन पर्खेर बस्नुपरेको छ । ’उनले सुनाए ।

प्रदेश ५ मा ३५ वटा कानुन तर्जुमा भैसकेर र संसदमा जाने प्रक्रियामा रहेको भन्दै उनले ११६ वटा ऐन, नियम, निर्देशिका निर्माण प्रक्रियामा रहेको उनले जानकारी दिए । आवधिक योजना निर्माण गरी कार्य अगाडि बढाएको भन्दै मन्त्री चौधरीले कानुन निर्माणको प्रक्रियामा सातवटा प्रदेशहरुमा नमुना प्रदेशको रुपमा ५ नम्बर स्थापित भएको दाबी समेत गरे  ।

उनले प्रदेश  राजधानी र नामकरणको विषयमा सुझाव समितिले अहिले १२ वटै जिल्लामा सुझाव संकलनको क्रममा रहेको भन्दै आएको सुझाव अनुसारनै राजधानी र नामकरणको विषयमा कार्य अगाडी बढ्ने समेत बताए । सरकारको दुई तिहाईबाट नै कानुन बमोजिमनै  कार्य अगाडी बढ्ने मन्त्री चौधरीले बताए ।

मानव विकास सुचकाँकामा चौथो स्थानमा रहेको प्रदेश नम्बर ५ लाई उच्च स्थानमा लैजाने गरी अगाडि बढाएको बताए । ५० लाख पर्यटक आउने गरी योजना बनाएको र १२ वटै जिल्लामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने उनको योजना सुनाए ।

सत्ताबाट बाहिरएको झोकमा सबै जिम्मा एक बर्षमा नै नेकपाले  लिनुपर्दछ भन्ने कुरा गलत भएको मन्त्री चौधरीले बताए । उनले नेपाली काँग्रेसनै गरिबी, पछौटेपन, रोपेको र अहिले त्यसको फल नेकपाको सरकार हुदा आईरहेको बताए । उनले बेतिथि रोपेकोमा अहिले बेथितिलाई थितीमा ल्याउनको लागि सरकार लागि परेको बताए ।

प्रदेश सरकारले १ बर्षको अबधिमा ५१ वटा डिभिजन, १ सय ७ वटा कार्यालयहरु स्थापना र  ७ वटा  निर्देशनालयहरु निर्माण गरिएको उनको भनाइ छ ।

सरकारलाई काम गर्न कसले रोक्यो ? :  प्रदेश सांसद राना

प्रदेशसभा सदस्य वीरबहादुर रानाले सरकारले एउटा लोकतान्त्रिक पद्धतिलाइ सम्हाल्न र चलाउन नजानेको तर्क छ । लोकतन्त्रको विषय संस्थागत हुन नसकेको उनको भनाइ छ । अहिले सरकार कहाँ छ ? भन्ने प्रश्न आम जनताले सोधेको बताए । उनले दुई तिहाई अधिकार भएको सरकारले ठोस रुपमा काम गर्न किन सकेन कस्ले रोक्यौ भन्दै प्रश्न गरे ।

‘प्रदेश कहाँ छ, के काम गरिरहेको छ भन्ने विषयमा अहिले पनि स्थानीयहरुले अनुभव गर्न नसकेको बताए । सेवा प्राप्त गर्ने कुरामा जनता प्रताडित हुनुपर्ने अवस्था भएको बताए ।

प्रदेश विकास बोर्ड गठन गर्दा समेत आफुहरुलाई जानकारी नदिएको भन्दै प्रदेश सभा सदस्यले दुख व्यक्त गरे ।

नाम र राजधानीको विषयमा अबिलम्ब टुंगाउनुको विकल्प नभएको बताए  सरकार कै विलम्बको कारण प्रदेशको नामाकरण र  राजधानीको विषयले टुंग लाग्न नसकेको बताए ।

 
सिडिओ होइन प्रदेश गृहमन्त्रीलाइ बलियो बनाऔं  ः प्रदेश सांसद पाण्डे

प्रदेशसभा सदस्य सन्तोष पाण्डेले प्रमुख जिल्ला अधिकारीको अधिकारलाई प्रदेश मातहतमा ल्याउनुपर्ने बताए । उनले विकास निर्माणको कामममा सहकार्य जरुरी रहेको भन्दै यसले नै सबैको विकास अगाडी बढाउने बताए ।

‘विश्वले मानेको लुम्बिनीलाइ प्रदेशले नाम दिन पनि सक्दैन,अब बिलम्ब नगरौं नाम लुम्बिनी ,राजधानी रुपन्देही तोकौं’ उनले आग्रह गरे ।

निजी क्षेत्रसँग हातोमालो गर : अर्जुनमान सैंजु, पूर्वअध्यक्ष बुटवल उद्योग बाणिज्य संघ

नीजि क्षेत्रसँग बिकासमा पनि सहकार्य गर्ने उनले आग्रह गरे । प्रदेश स्थापनाको एक बर्षमै भ्रष्टाचारको दाग लागेको भन्दै नीतिगत भ्रष्टाचार भएको हुन सक्ने आशंका गरे ।

उनले उद्योगमैत्री कानुन बनाएर ब्यसायीलाइ उत्साहित गराउन आग्रह गरे । ‘हामी ट्याक्स तिर्न तयार छौं तर काम गर्ने वातावरण चाहियो ’उनले भने । नीजिक्षेत्रको योगदानलाइ राज्यले सम्मान गर्न नसकेको उनको गुनासो छ । कार्यक्रमारोडाढुंगा ब्यबसायी संघ प्रदेश ५ का अध्यक्ष गोपाल ज्ञवालीले राज्यले व्यसायनै चलाउन नदिन खोजेको आरोप लगाए ।

व्यवसायीलाई संरक्षण र निर्धक्क काम गर्ने वातावरण र कानुन बन्न नसकेको उनको गुनासो छ । प्रदेश ५ विकास परिषदमा पत्रकारलाई विज्ञ नदेख्नु सरकारको कमजोरी भएको रासस पूर्वअध्यक्ष बालकृष्ण चापागाइको गुनासो  छ । पत्रकारले समाचार लेख्दा सरकारबाट दबाब आउने र मिडियालाई सरकारले बन्दनै गर्ने नीति बनाएजस्तो अनुभव आफुलाई भएको चापागाइले बताए ।

 यस्तै सरकारले प्रयाप्त अवसर पाउँदा पनि राम्रो काम गर्न नसकेको प्राध्यापक डा.बिष्णु पोखरेलको आरोप छ । सरकारले विश्वास गुमाउँदै गएको र जनता यो सरकारबाट  आजित भएको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप