शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा एक सातामा गोरखाका २ जनाको मृत्यु

आइतबार, ०५ फागुन २०७५, १७ : २९
आइतबार, ०५ फागुन २०७५

युएई –संयुक्त अरब इमिरेट्समा (युएई) मा एक सातामा गोरखाका २ जनाको मृत्यु भएको छ । 

वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका,५ बतासेका हिमाल रानामगर र सोही जिल्ला शहिद लखनथापा गाँउपालिका,५ तिनमाने,काँउलेका रन बहादुर रानाको मत्यु भएको हो।

बिगत १६ बर्ष देखि युएईको आबुधावी स्थित सर्भन मिना स्काइफोल्डर कम्पनीमा काम गर्दै आएका हिमाल रानामगरको गत बिहिवार  (फेब्रुअरी ७)  मा ह्दयघातका कारण  मत्यु भएको थियो। 
उनको शव शुक्रबार नेपाल पठाई सकिएको दुतावासकी द्दितिय सचिव बिष्णु कुमारी अधिकारीले बताइन्। 

कम्पनीबाट हिमालले काम गरे बापत पाउने सेवा सुबिधा रकम पनि यसै महिना दुतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपालमा निजको परिवारलाइ पठाउने अधिकारीले बताइन्।

२ बर्ष पहिले रोजगारिको सिलसिलामा युएइ आएका रन बहादुर राना युएईको शारहजामा किल्निङ् कम्पनीमा कार वासको रुपमा काम गर्थे। घरबिदामा गएका राना नेपालबाट फर्केको ३ दिनपछि सोमबार (फ्रेबुअरी ११)  मा खाना खाई  सुतेकाकामा मृत अवस्थामा फेला परेका थिए । 

उनको शव अहिले शारहजाको कुवेती अस्पतालमा राखिएको छ। छिट्टै कानुनी प्रकृया सकेर उनको शव नेपाल पठाउने तयारी भैरहेको दुतावासका द्दितिय सचिव अधिकारीले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप