नैतिकवान हुन जानिनँ
आइतबार, ०५ फागुन २०७५, १४ : ३८
-प्रिति कार्की
नारी माथी कोरेका
सारा असमानताका रेखा
कुल्चिएर चल्छु ।
छैन स्वीकार मलाई
दोस्रो दर्जाको मानव हुन,
किनकि
म पनि पुरुष समान अधिकार बोकेर हिड्छु ।
तिमीले कोरेको चरित्रको सिमानाले
मेरो चरित्र निर्धारण गरे सम्म
हो म तिम्रो नजरको चरीत्रवान हुन सकिन ।
मलाई मात्रै लागू हुने कानुन कहिले मानिन
बतिस लक्षणको कसिमा
कहिले आफुलाई कसिन ।
पढ्दिन नारी शिक्षा घुम्टो भित्र पसेर
दिन्न गर्न राज कसैलाई ,मेरो शरीर माथी
म तिमिले खेल्ने गुडिया हैन
किनकी जिवित अस्तित्व छ मेरो त्यसैले
हो म तिम्रो नजरको गुणवान हुन जानिन ।
म बाचेको समाजले भन्छ
घर भित्र लुक्नु पर्छ ,
जीउ मात्रै किन? मुहारै छोप्नु पर्छ
म पुरुषको निगरानीमा बस्नु पर्छ।
नत्र म फेरि कुनै
बलात्कारी को नजरमा पर्छु रे
बम्बाईको कोठीमा बेचिछु रे
मेरो चरीत्र लिलाम हुन्छ रे ,
म फेरि बदनाम हुन्छु रे
तर मेरो अँखाले खुला आकाश हेर्छ
सिमाहिन धर्ती देख्छ ,
डरत्रासलाई चिर्न थाल्छ ,
फेरि पनि बाच्न खोज्छु स्वतन्त्र जीवन,
हो त्यसैले म मर्यादावान हुन जानिन ।
मेरो ईज्जत् सिसा सरी रे
कसैले छोईदिए दाग धब्बा लाग्ने ,
मेरो जीवन कठपुतली सरि रे,
सधै तिम्रो ईसारामा नाच्नु पर्ने ,
तिमी सधै स्वतन्त्र पन्छी ,
अनि म?
निति-नियमरूपी पिंजडाको बन्दी।
तोड्दैछु म यो पिंजडा ,
नकार्दैछु म माथि लाग्ने
वाईयत लाल्छना
त्यसैले आफुलाई तिम्रो नजरकोको
नैतिकवान हुन जानिन ।
मलाई यति सम्झाई देउ,
खोलेर चेतनाका अँखाले
तिमी पुरुष जाती म नारी जाती
नयाँ सृष्टि-रचनामा
बराबर छ हिस्सादारी ,
तर
फेरि पनि तिमी मेरो मालिक
म कसरी भएँ तिम्रो दासी ।
कदापि स्वीकार छैन यो विभेद
छ म भित्र पनि विवेक,
हो त्यसैले तिम्रो नजरको
ज्ञानवान बन्न सकिन ।
दोस्रो दर्जाको मानव हुन,
किनकि
म पनि पुरुष समान अधिकार बोकेर हिड्छु ।
तिमीले कोरेको चरित्रको सिमानाले
मेरो चरित्र निर्धारण गरे सम्म
हो म तिम्रो नजरको चरीत्रवान हुन सकिन ।
मलाई मात्रै लागू हुने कानुन कहिले मानिन
बतिस लक्षणको कसिमा
कहिले आफुलाई कसिन ।
पढ्दिन नारी शिक्षा घुम्टो भित्र पसेर
दिन्न गर्न राज कसैलाई ,मेरो शरीर माथी
म तिमिले खेल्ने गुडिया हैन
किनकी जिवित अस्तित्व छ मेरो त्यसैले
हो म तिम्रो नजरको गुणवान हुन जानिन ।
म बाचेको समाजले भन्छ
घर भित्र लुक्नु पर्छ ,
जीउ मात्रै किन? मुहारै छोप्नु पर्छ
म पुरुषको निगरानीमा बस्नु पर्छ।
नत्र म फेरि कुनै
बलात्कारी को नजरमा पर्छु रे
बम्बाईको कोठीमा बेचिछु रे
मेरो चरीत्र लिलाम हुन्छ रे ,
म फेरि बदनाम हुन्छु रे
तर मेरो अँखाले खुला आकाश हेर्छ
सिमाहिन धर्ती देख्छ ,
डरत्रासलाई चिर्न थाल्छ ,
फेरि पनि बाच्न खोज्छु स्वतन्त्र जीवन,
हो त्यसैले म मर्यादावान हुन जानिन ।
मेरो ईज्जत् सिसा सरी रे
कसैले छोईदिए दाग धब्बा लाग्ने ,
मेरो जीवन कठपुतली सरि रे,
सधै तिम्रो ईसारामा नाच्नु पर्ने ,
तिमी सधै स्वतन्त्र पन्छी ,
अनि म?
निति-नियमरूपी पिंजडाको बन्दी।
तोड्दैछु म यो पिंजडा ,
नकार्दैछु म माथि लाग्ने
वाईयत लाल्छना
त्यसैले आफुलाई तिम्रो नजरकोको
नैतिकवान हुन जानिन ।
मलाई यति सम्झाई देउ,
खोलेर चेतनाका अँखाले
तिमी पुरुष जाती म नारी जाती
नयाँ सृष्टि-रचनामा
बराबर छ हिस्सादारी ,
तर
फेरि पनि तिमी मेरो मालिक
म कसरी भएँ तिम्रो दासी ।
कदापि स्वीकार छैन यो विभेद
छ म भित्र पनि विवेक,
हो त्यसैले तिम्रो नजरको
ज्ञानवान बन्न सकिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद